spot_img
spot_img
spot_img
spot_img

पुरानो फ्लेभरमा करिश्माको नयाँ गीत

काठमाडौँ

तीज आउनै लाग्दा अभिनेत्री करिश्मा मानन्धरले पनि तीजको म्युजिक भिडिओ निर्माण गरेर सार्वजनिक गरेकी छन्। तीज गीतको भाका, शब्द र शैली परिवर्तन हुँदै गर्दा करिश्माको गीत भने पुरानै शैलीको छ। दुख र सुखको मिश्रण भएको गीत सुन्दा साच्चिकै तीज आएको महसुश हुन्छ।

करिश्माले पनि यो गीतलाई पुरानो फ्लेभरको नयाँ गीत भनेकी छन्। करिश्मा भन्छिन्- ‘तीज भनेको श्रीमानको लागि ब्रत बस्नुको निम्ति या रमाइलो गर्नका लागि मात्रै होइन।’
उनि थप्छिन्-‘तीजको आफ्नै महत्त्व छ। तीज भनेको माइतीलाई याद गर्ने चाड पनि हो। यो माइतीलाई सम्झाउने गीत हो। यसले माइतिको करेसा बारीको याद दिलाउछ।’

‘आउ न संगी हो गाउँ न मिलेर’ बोलको गीतलाई गोविन्द राइले लेखेका हुन् भने साज सिंहले संगीत भरेका हुन्। गीतमा मेलिना मनाधरको श्वर सुन्न सकिन्छ। म्युजिक भिडिओलाई करिश्माले आफ्नै च्यानलबाट सार्वजनिक गरेकी हुन्।

जे होस्, यो गीतको भिडिओमा सम्झना बुढाथोकी, क्षितिजा शाक्य, तेन्जु योन्जन, सुप्रिया योन्जन, बसु तामाङको अभिनय रहेको छ। भिडियोको निर्देशन र कोरीयोग्राफी गोविन्द राइले गरेका हुन् भने नहकुल खड्काको सम्पादन र मदन कश्यप घिमिरेको छायांकन रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर