spot_img
spot_img
spot_img
spot_img

कोरोनाका कारण छायाँकार भिम रानाको निधन

काठमाडौँ

चलचित्र निर्माता एवं छायाँकार भिम रानाको निधन भएको छ। कोरोनासँग लडिरहेका रानाको विरेन्द्र सैनिक अस्पताल छाउनीमा मंगलबार बिहान निधन भएको हो।

५८ बर्षीय रानाले नेपालमा सिनेमास्कोप प्रविधीमा बनेको पहिलो चलचित्र ‘माइली’को निर्माण गरेका थिए। ‘माइली, लवकुश, बरमाल’ लगायतका थुप्रै नेपाली चलचित्रको छायाँकन गरेका छन्।

काठमाडौं लाजिम्पाट निवासी रानाको श्रीमती, एक छोरा र एक छोरी छन्। अमेरिका रहेका छोरा फर्किएपछि बुधबार पशुपति आर्यघाटमा स्वर्गीय रानाको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर