काठमाडौँ

कलाकार मदनकृष्ण श्रेष्ठकाे परिवारका पाँच जना सदस्यमा कोरोना संक्रमण देखिएको छ । मदनले आफ्नो फेसबूकमा स्टाटस पोस्ट गर्दै आफुहरु संक्रमित भएको जानकारेव गराएका हुन् ।

मदन लेख्छन् ‘म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै जना लाई कोरोना पोजिटिभ देखिएको छ । भई सकेपछि सास्ती चाही हुने रहेछ तेसैले यो भाइरसलाई लाइ खेलाँची नगर्नु होला ! जति सकिन्छ कोरोना बाट सतर्क रहनु होला !’

आफुहरु संक्रमित भएको जानकारी गराउदै उनले वर्थडे बीस गर्नेलाई धन्यवाद समेत दिएका छन् ।

पछिल्लो समय भारतसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । यसबाट चलचित्र क्षेत्र अछुतो रहने त कुरै भएन । बलिउडमा पनि थुप्रै कलाकर्मी संक्रमित भएर घरमा बसिरहेका छन् ।

Facebook Comments Box
Avatar

By admin