spot_img
spot_img
spot_img
spot_img

सँग-सँगै बर्षा र राज

काठमाडौँ

यतिबेला अभिनेत्री बर्षा सिवाकोटी र अभिनेता राज कटुवालको ‘प्रेम’ चर्चामा छ। पुरानो प्रेमीसँग ब्रेक अप गरेको एक महिना पनि नबित्दै देखि बर्षा र राजको प्रेम चर्चा सुरु भएको हो। मिडिया र दर्शकले उनिहरुलाई प्रेम जोडिकै रुपमा लिरहेका छन्।

यता, बर्षा र राज भने आफुहरुलाई मिल्ने साथि मात्र भएको बताउदै आएका छन्। जे होस्, प्रेमी-प्रेमिका भए पनि साथि-साथि भए पनि बर्षा र राज अचेल सँग-सँगै हुने गरेका छन्।

जिम क्लब देखि घुम्न जादा सम्म उनीहरु सँगै हुन्छन्। हालै मात्र एउटा म्युजिक भिडिओमा पनि सँगै देखिएका छन्। जोडी हिट भएपछी उनीहरु भिडिओमा सँगै देखिएका हुन्।

सुगम पोखरेल र सुष्मा विश्वकर्माको स्वर रहेको गीतको भिडिओमा बर्षा र राज निकै रोमान्टिक मुद्रामा प्रस्तुत भएका छन्। भिडिओलाई रामजी लामिछानेले कोरीयोग्राफ र निर्देशन गरेका हुन्।
भिडिओ यस्तो छ :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर