spot_img
spot_img
spot_img
spot_img

२२ बर्षे ‘कान्छी’हरुसँग महानायकको रोमान्स

काठमाडौँ

महानायक राजेश हमाल आफ्नो उमेरको खासै चासो गर्दैनन्। उमेरले आफ्नो गति लिदै गर्छ तर आफ्नो सरिर, दिमाग र आत्मालाई तन्दुरुस्त बनाइरख्नुपर्ने हमालको विश्वास छ।

त्यसो त, हमालको उमेरले ५६ बर्ष पार गरिसकेको छ। बर्ष जति सुकै पार गरेपनि हमाल अझै पनि म्युजिक भिडियोहरुमा २० बर्षका मोडलहरुसँग रोमान्स गरिरहेका छन्। कतिले हजुरबा र नातिनीको जोडी भन्न सम्म भ्याए तर हमालले त्यो कुरामा खासै ध्यान् दिदैनन्।

शुक्रबार मात्र हामाल अभिनित एक म्युजिक भिडिओ सार्वजनिक भयो। ‘नाचन कान्छी’ बोलको गीतमा हमालले २० जना भन्दा बढी २० बर्षे मोडलहरुसँग रोमान्स गरेका छन्। भिडिओमा हमाल फरक अवतारमा देखा परेका छन्। यसअघि हमाल यस्तो क्यारेक्टरमा देखिएका थिएनन्।

जे होस्, भिडियोमा राजेशसँग अनमिका कार्की, अश्मिता भट्ट, बिमला बिटीएस, प्रहिशा रेग्मी, बिबिशा भण्डारी लगायतले रोमान्स गरेका छिन्। भिडियोलाई देवेन्द्र कुँवरले कोरीयोग्राफ र निर्देशन गरेका हुन् भने हरि बहादुर घलेको छायाँकन र बन्दे प्रसादको सम्पादन रहेको छ।

यता गीतलाई भने अभिराज ओली अम्सेन्जले श्वर दिएका छन् भने ओम सुनारको शब्द, संगीत र एरेन्ज दिएका हुन्। भिडिओ यस्तो छ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

अन्य खबर