spot_img
spot_img
spot_img
spot_img

सिनेमा हलमा आगलागी हुँदा २ करोडको क्षति, संचालक घाइते

काठमाडौँ

सुनसरीको झुम्का स्थित म्याजिक सिनेमा हलमा आगलागी भएको छ। सो हलका संचालक, चलचित्र निर्माता, निर्देशक तथा कलाकार पर्शुराम चौधरिका अनुसार हलमा आगलागी हुँदा लगभग २ करोडको क्षति भएको छ। चलचित्र प्रोजेक्सन कन्ट्रोल रुममा बिजुली शर्ट भएर सुरु भएको आगोले हल त ध्व्स्त गर्‍यो नै हल संचालक चौधरीको दुबै हातमा चोट समेत पुर्याएको छ ।

आगो नियन्त्रणका लागि विभिन्न ठाउँबाट ८ ओटा दमकल आएको थियो। दमकल सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो त निभ्यो तर हल खरानीमा परिवर्तन भएपछि। ‘म्याजिक सिनेमा हल’ झुम्काको एउटा मात्र सुविधा सम्पन्न हल हो।

यता, संचालक चौधरी हलको इन्स्योरेन्स फेल भएको बताउँछन्। इन्स्योरेन्स भएको भए चौधरीले क्षतिपूर्ति पाँउथे तर अब पूरा क्षति उनकै थाप्लोमा आइपरेको छ। उनी आफू बर्बाद भएको भन्दै गुनासो पोखिरहेका छन्। लामो समयदेखी हल बन्द हुँदा घाटा खेपिरहेका संचाललाई अर्को ठूलो क्षती हुँदा उनी निकै दुखी छन्।


तस्बिर : सुवास संकल्प

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

अन्य खबर