spot_img
spot_img
spot_img
spot_img

सिनेमा ‘एक’को ट्रेलर सार्वजनी

काठमाडौँ

एक्सन थ्रीलर जनारामा निर्माण भएको सिनेमा ‘एक’को ट्रेलर सार्वजनिक भएको छ। सिनेमाको ट्रेलर निकै आकर्षक बनेको छ। ट्रेलर हेर्दा सिनेमाको कथामा देशको राजनीतिक विषयबस्तुलाई उठाइएको ठम्याउन सकिन्छ।

असोज २१ बाट सिनेमाघर, डिशहोम, नेट टिभि, भिया टिभि, म्याक्स डिजिटल टिभि र ओहो मुभिजबाट यो सिनेमा रिलिज हुनेछ।

मनोज पण्डितको निर्देशनमा तयार भएको सिनेमालाई आत्मा गुरागाईं र सोफिया थापाले निर्माण गरेका हुन्। बिशाल पोखरेल, प्रमोद अग्रहरी, ज्योत्स्ना योगी, सबीर चुरौटे, प्रमोद खड्का, बिश्वान्त पोखरेल लगायतका कलाकारको अभिनय रहेको सिनेमामा प्रमोद खड्काको एक्सन रहेको छ।

स्क्रिप्ट फ्याक्ट्रीको प्रस्तुतिमा निर्माण भएको सिनेमामा दीपक बज्राचार्यको छायांकन र भरत मणि रेग्मीको सम्पादन र कलर रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर