काठमाडौँ

अभिनेता धिरज तामाङ्ग र अभिनेत्री अदिति बुढाथोकीको अभिनय रहने फिल्म ‘बाबरी’को छायांकन सुरु भएको छ। सोमबार लेटाङ्गको एक मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो।

धिरजले भर्खरै मात्र ‘आइ एम ट्वान्टी वान’को छायांकन सकाएका थिए। यता अदिति भने लामो समयपछि नेपाली चलचित्रको छायांकन सेटमा फर्किएकी हुन्।

बाबरी फिल्म्सको व्यानरमा निर्माण हुने फिल्ममा अदिति र धिरजसँगै धिरज टोटलानिको मुख्य भूमिका रहने छ। फिल्मको छायांकन लेटाङ्ग सहित बुधबारे र सिक्किममा हुनेछ।

फिल्ममा पुष्पालता अधिकारी बुढाथोकीको लगानी रहनेछ। सुरेन्द्र पौडेलले निर्देशन गर्ने फिल्मको छायांकन दुइ साता लेटाङ्ग र बुधबारेमा गरेर सिक्किम जानेछ।

 

 

Facebook Comments Box
Avatar

By admin