spot_img
spot_img
spot_img
spot_img

लगनगाठो कस्दै निर्देशक सुदर्शन थापा

काठमाडौँ

निर्देशक सुदर्शन थापाले बिहे गर्ने भएका छन्। त्यसो त, पछिल्लो समय सुदर्शन थापाको प्रेम कोसँग छ भन्ने कुरा कसैलाई थाहा थिएन। तर, थापाले आफ्नो जन्म दिनको अवसर पारेर इन्गेजमेन्ट गर्ने भएका छन।

एक नाम चलेको टेलिभिजन च्यानलमा कार्यरत एक समाचार वाचिकासँग सुदर्शनले बिहे गर्ने भएका हुन्। राजधानीको एक पाँचतारे होटलमा भदौ २१ गते हुन लागेको सुदर्शन को इन्गेजमेन्ट समारोहमा मिडियालाई भने निषेध गरिएको छ रे। बिवाह चाहिँ असोज २२ गते हुने श्रोत बताउछ।

जे होस्, सुदर्शन सफल निर्देशक मध्येका एक मानिन्छन्। प्रेम गीत, म यस्तो गीत गाँउछु, मेरो एउटा साथि छ, रामकहानी लगायतका लगभग दर्जन भन्दा बढी चलचित्र निर्देशन गरेका सुदर्शन अभिनेता र निर्माता पनि हुन्। निर्देशक सुदर्शन थापालाई धेरै धेरै बधाई एवं शुभकामना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

अन्य खबर