spot_img
spot_img
spot_img
spot_img

‘डाँडाको वर पिपल’ गीतमा सलोनको फरक लूक्स

काठमाडौँ

निर्देशक शोभित बस्नेतले निर्देशन गरिरहेको फिल्म ‘डाँडाको वरपीपल’मा समावेस ‘झुसेली जुँगा ओठ माथि’ बोलको गीतको छायांकन सकिएको छ। छायांकन सकिए लगत्तै गीतमा अभिनय गर्ने कलाकारहरुको लूक्स फिल्म युनिटले सार्वजनिक गरेको छ। चित्लाङमा छायांकन भइरहेको गीतमा अभिनेता सलोन बस्नेतलाई निकै फरक गेटअपमा देख्न सकिन्छ।  जुँगाले उनको लूक्सलाई फरक देखाएको हो।

गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहेका छन्। दशैँमा ओटीटी र थिएटरमा एकसाथ रिलिज हुने फिल्मको गत भदौ ७ बाट छायांकन सुरु भएको थियो। ६० दिनको सेड्युल रहेको फिल्म काठमाडौँ र चित्लाङ आसपासका रमणीय स्थानमा छायांकन भैरहेको छ।

            फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीव जंग बस्नेत, अस्मिता जुरेली, प्रदिप गिरि, अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, पल ठकुरी, अस्मी थापा, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।

बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण हुने फिल्ममा नवराज गिरीको लगानी रहेको छ। रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया र एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर