spot_img
spot_img
spot_img
spot_img

समाचार बाचिका सुप्रियासँग निर्देशक सुदर्शनले साटे औँठी

काठमाडौँ

निर्देशक सुदर्शन थापाले एपिवान एचडी टेलिभिजनकी समाचार बाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन्। बुधबार अपरान्ह नितान्त परिवार, सिमित साथीहरुका बीच सुदर्शन र सुप्रियाले इन्गेजमेन्ट गरेका हुन्।

त्यसो त, सुदर्शन थापाको नाम सुरुमा अभिनेत्री सुष्मा कार्की त्यसपछि अभिनेत्री पूजा शर्मासँग जोडिएको थियो। धेरैले सुदर्शनको बिहेको खबर बाहिरिएपछि पूजा शर्मासँग नै बिहे हुन लागेको भनेर अड्कलबाजी समेत काटेका थिए। यसैबीच पूजाले सुदर्शनको हुन लागेको बिवाहबारे आफुलाई थाहा नभएको तर सुभेक्षा र सुभकामना सुदर्शन सँग रहेको बताएकी छन्।

जे होस्, सुदर्शनले आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग औँठी साटासाट गरेका हुन्। बिवाह भने असोज २२ गते हुने भएको छ। सार्वजनिक भएको इन्गेजमेन्टका तस्बिरमा सुदर्शन र सुप्रियाको जोडी निकै सुहाएको देखिन्छ।

नेपाली चलचित्र क्षेत्रमा सुदर्शन सफल निर्देशक मध्येका एक मानिन्छन्। प्रेम गीत, म यस्तो गीत गाँउछु, मेरो एउटा साथि छ, रामकहानी लगायतका लगभग दर्जन भन्दा बढी चलचित्र निर्देशन गरेका सुदर्शन अभिनेता र निर्माता पनि हुन्।

यता, सुप्रिया एक अभिनेत्री पनि हुन्। सुप्रियाले थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छिन् भने ‘साढे सात’ नामक एक चलचित्रमा समेत अभिनय गरेकी छन्। केहि समय यता उनि एपिवान टेलिभिजनमा समाचार बाचिकाको रुपमा कार्यरत छिन्। निर्देशक सुदर्शन थापा र अभिनेत्री तथा समाचार बाचिका सुप्रिया कट्वाललाई धेरै धेरै बधाई एवं शुभकामना !

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर