spot_img
spot_img
spot_img
spot_img

म्युजिक भिडियोमा टिकटकर हावी

काठमाडौँ

पछिल्लो समय एक दिनमै दर्जन बढी म्युजिक भिडियोहरु सार्वजनिक हुने गर्छ। लभ सङ्ग, रोमान्टिक सङ्ग, डान्सिङ नम्बर, लोक दोहोरी…… कति हो कति। दर्शकहरु म्युजिक भिडोयो हेर्दा हेर्दा वाक्क भैसके। कति हेर्नू ? कुन कुन हेर्नू ?

यता, म्युजिक भिडियो नखेल्ने मान्छे त नभेटिएला जस्तो छ। भाइरल भएकाहरु, टिकटकरहरु, फिल्म स्टारहरु, पत्रकारहरु… सबैजना म्युजिक भिडियो खेल्ने। अब त म्युजिक भिडियो नखेल्ने मान्छेलाई यो समाजले नस्विकार्ला भन्ने पिर।

म्युजिक भिडियोमा सबै भन्दा बढी डिमान्ड टिकटकरहरुकै छ। म्युजिक भिडियो नखेल्ने टिकटकर त झन् भेट्नै गाह्रो। दस हजार फलोअर्स हुने देखि दस लाख फलोअर्स हुनेहरु सम्मले म्युजिक भिडियो खेलिसके। टिकटकरहरुको जोडि फिल्म स्टारहरु पल शाह, पुष्प खड्का, वर्षा राउत, आँचल शर्मा…..। केही टिकटकरहरु म्युजिक भिडियोमा जमिसके भने केही दुई चारवटा खेलेर हराए।

पछिल्लो समय म्युजिक भिडियोहरुमा टिकटकरहरु नै हावी छन्। टिकटकर बिनाको म्युजिक भिडियो भेट्नै गाह्रो छ। गरिमा शर्मा, सुधिर श्रेष्ठ, समारिका स्मारिका, ट्विनी गर्ल, उषा उप्रेति हरुले त म्युजिक भिडियोका मोडलहरुको काम नै धरापमा पारिदिएका छन्। सस्तोमा राम्रो कलाकार पाएपछी कस्ले छाड्छ र। जे होस्, टिकटकले रोजगारी भने दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर