spot_img
spot_img
spot_img
spot_img

३६ लागीन् छुल्ठिम ‘डल्ली’

काठमाडौँ

चलचित्र ‘नोभेम्बर रेनमा’ डल्ली नामक पात्रलाई दर्शकले चलचित्रलाई भन्दा बढी रुचाएका थिए। सो चलचित्रमा आयुस अर्थात आर्यन सिग्देललाई खुलेआम माया गर्ने ‘डल्ली’ अहिले कहिँ कतै देखा नपर्ने छुल्ठिम गुरुङ हुन्।

छुल्ठिमले पहिलो चलचित्रबाट एनएफडीसी नेसनल अवार्ड, नेफ्टा अवार्ड र डी सिने अवार्ड भने हात पारिन्। पहिलो चलचित्रबाट यति धेरै अवार्ड पाएकी छुल्ठिमले डायरी, मेरो पैसा खोइ, नेप्टे, मिस्टर भर्जिन, पासवर्ड जस्ता चलचित्रमा अभिनय त गरिन् तर ति चलचित्रलाई दर्शकले खासै रुचाएनन्। दर्शकले छुल्ठिमको चलचित्र रुचाए पनि नरुचाए पनि छुल्ठिम तिनै दर्शकहरुको प्यारी अभिनेत्री भने हुन्।

जे होस्, २०४३ भाद्र २३ गते जन्मिएकी छुल्ठिम यतिबेला अन्य काममा नै ब्यस्त छिन्। ३५ पुरा भएर ३६ मा प्रवेश गरेकी छुल्ठिम फाट्ट फुट्ट म्युजिक भिडिओमा भने देखा पर्छिन्। तर, दर्शक छुल्ठिमको राम्रो चलचित्रको पर्खाइमा छन्। छुल्ठिमलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर