spot_img
spot_img
spot_img
spot_img

ओमनमा राजसँग रोमान्टिक छुल्ठिम

काठमाडौँ

अभिनेत्री छुल्ठिम गुरुङ अभिनित नयाँ म्युजिक भिडिओ सार्वजनिक भएको छ। पछिल्लो समय फिल्महरुमा अलि कम मात्र देखिने छुल्ठिमको बेला बेला म्युजिक भिडिओहरु भने सार्वजनिक भैरहन्छन्।

बुधबार छुल्ठिमको जन्मदिनको अवसरमा ‘कतै हराए भने’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ। भिडिओमा छुल्ठिमसँग रोमान्टिक मुद्रामा प्रस्तुत भएका छन्। ज्याक्रीया अल्साबाइले खिचेको भिडिओलाई विषेश देव पाण्डेले सम्पादन र कलर गरेका हुन्।

छुल्ठिमको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा बिराज गौतमको शब्द, स्वर र संगीत रहेको छ। गीतलाई शैलेस श्रेष्ठले एरेन्ज गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

अन्य खबर