spot_img
spot_img
spot_img
spot_img

चैत्रमा ‘ए मेरो हजुर ४’ रिलिज हुने

काठमाडौँ

लकडाउनका कारण छायांकन रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’ को यतिबेला छायांकन भैरहेको छ।
चलचित्रको पुनः छायांकन सुरु भएसँगै ‘ए मेरो हजुर ४’ को रिलिज मिति समेत तय भएको छ। यो चलचित्रलाई गत भाद्र १८ मा रिलिज गर्ने निर्माण टिमको तयारी थियो। अब भने यो चलचित्र आउदो चैत्र २५ गतेबाट रिलिज हुने फिल्मकी निर्देशक झरना थापाले बताएकी छन्।

बिस्तारै कोरोना कहर पनि कम हुँदै गएको र नेपाल सरकारले सिनेमा हलहरु पनि खोल्ने अनुमती दिएकोले बिस्तारै चलचित्र क्षेत्र पनि चलायमान हुने आस गरेर फिल्म रिलिजको मिति तय गरेको भन्दै फिल्मकी निर्देशक झरना थापाले आफ्नो फेसबूकमा लेखेकी छन्।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा झरना पुत्री सुहाना थापा र अभिनेता अनमोलको केसीको मुख्य भूमिका रहेको छ। चलचित्र बन्ने घोषणा भएसँगै दर्शक ठुलो प्रतिक्षामा छन्।

विगत लामो समयदेखि ठप्प भएको सिनेमा हल सरकारले खोल्ने निर्णय गरेतापनि हलवालाहरू र निर्माताहरु फिल्म रिलिज गर्न तयार छैनन्। विशेष राहत दिए मात्र आफ्नो फिल्म जोखिम मोलेर रिलिज गर्ने निर्माताहरु बताइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर