spot_img
spot_img
spot_img
spot_img

अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहे’

काठमाडौँ

गायिका अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहे’ बोलको म्यूजिक भिडिओ सार्वजनिक भएको छ। भिडिओ गायिका अरुणाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो।

कविता श्रेष्ठको स्वर रहेको गीतमा नरेन्द्रराज प्रसाईँको शब्द र कुन्दनराज सुब्बाको संगीत छ। यमु शर्मा क्रिएशनको प्रस्तुति रहेको भिडिओमा शिल्पा पोखरेल र आयुष छेत्रीले (प्रिन्सेस) अभिनय गरेका छन्।

भिडिओमा नवराज उप्रेतीको छायांकन, किरण गिरीको सम्पादन, श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स, यमु शर्माको कथा र आयुष छेत्रीको निर्देशन छ। यमु क्रिएशनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडिओमा घरेलु हिंसामा नारीको मौनतालाई देखाइएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर