spot_img
spot_img
spot_img
spot_img

शिवरात्रीमा ‘लप्पन छप्पन २’

काठमाडौँ

कोरोना महामारीका कारण रोकिएका सिनेमाहरुको धमाधम रिलिज मिति घोषणा हुन थालेको छ। यसै क्रममा ‘लप्पन छप्पन २’ नामक सिनेमाले पनि आफ्नो रिलिज मिति घोषणा गरेको छ। आउदो शिवरात्री अर्थात फाल्गुन १३ गतेलाइ सिनेमाले आफ्नो रिलिज मिति तोकेको सिनेमाका निर्माता प्रकाश कुँवरले बताए।

मुकुन्द भट्टको निर्देशनमा तयार भएको सिनेमामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप बिक्रम शाही,गोबिन्द शाही, प्रकाश कुँवर, दीपक छेत्री, नबिन मानन्धर, बिशाल पहारी, किशोर भट्ट, सरिता गिरि लगायतका कलाकारको अभिनय रहेको छ।

एक हप्ता अघि मात्र सरकारले राजधानीका ३ जिल्लाको हल खोल्ने निर्णय गरेको थियो। तर, राजधानीमा मात्र सिनेमा रिलिज कसले गर्ने र ? त्यसैले हल अझै बन्द छन्। यसैक्रममा देशैभरीको हल पनि खोल्ने अनुमति दिनुपर्छ भनेर निर्माता, हलवाला र वितरकहरु आवाज उठाइरहेका छन्।

जे होस्, सिनेमाहरुले आफ्नो रिलिज मिति तय गर्न थालेसँगै सिनेमा इन्डस्ट्री चाडै नै चलायमान हुने आसा गर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर