spot_img
spot_img
spot_img
spot_img

पूजा भन्छिन्-‘म आफुलाई बाघ फिल गर्छु’

काठमाडौँ

अभिनेत्री पुजा शर्मा अभिनय र फिल्मका कारण भन्दा पनि हीरो र निर्देशकसँगको प्रेम सम्बन्ध र आफ्नो बोलिका कारण चर्चामा हुने गर्छिन्l त्यसो त, पुजाको नाम अभिनेता आकाश श्रेष्ठसँग पनि जोडिने गर्थ्यो l उनीहरु निकै नजिकको सम्बन्धमा थिएl तर, केहि अघिबाट अभिनेता आकाश श्रेष्ठसँग मनमुटाव भयोl ‘आकाश अर्को टिममा गएपनि सुदर्शन मेरो टिममा छ’ भनेर ढुक्क भएकी पूजाको साथ् पुजाको प्रेमी भनेर नाम जोडिने निर्देशक सुदर्शन थापाले पनि छोडिसके भन्ने हल्ला गाइगुइ चलिरहेको छl

निर्देशक सुदर्शन थापाले इन्गेजमेन्ट गरेपछि पुजा एक्ली भईन् भनेर धेरैले कुरा काटिरहेका छन्l  कत्तिले त पुजाको करिअरमा ठुलो धक्का पुगेको भनेर सम्म भन्न भ्याएका छन्l  तर, दुबैले आफुहरु प्रेमी प्रेमिका नभएर राम्रो साथी मात्र रहेको र बिहे पछी पनि सँगै काम गर्न सकीने भनिरहेका छन्l

आइतबार मुन्द्रेको कमेडी क्लबमा पुगेकी पूजालाई मिडियाले तपाइँ त एक्लै हुनुभयो भनिरहेका छन् नि भनेर सोधेका थिएl त्यो प्रश्नको उत्तर दिंदै पूजाले भनेकी छिन्- ‘म आफुलाई बाघ फिल गर्छुl कोहि होस् या नहोस् मलाई फरक पर्दैनl म एक्लै हिड्न सक्छुl’

जे होस्, सबै टाढिए पनि पूजाले आफ्नो हिम्मत भने हारेकी छैनन्l हुन त पूजा यतिबेला कोहि एक पुरुषलाई नजिकबाट चिनिरहेकी छिन्l  तर, ति पुरुष युद्ध बानिया हुन् या होइनन् त्यो भने अझै क्लियर भएकै छैनl

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर