spot_img
spot_img
spot_img
spot_img

कुलतमा लागेका युवाको कथामा ‘जीवन त्यागी’

काठमाडौँ

नेपालमा रक गित संगितको आगमन र यसको म्युजिक भिडियोहरु बन्ने क्रम अझै पनि तिव्र गतिमै छ। विभिन्न विधाका गित संगितका साथ साथै रक गित संगितको पनि प्रभाव र चर्चा  उत्तिकै छ।

यिनै रक गित संगितको भिडमा विगत करिब २०/२५ बर्ष देखि युवाहरु माझ चर्चा कमाउदै आएको ब्यान्ड द व्रीगेड बोइजको नयाँ म्युजिक भिडिओ सार्वजनिक भएको छ।

भिडिओमा एक युवा जो कुलत र कुसंगतमा फसेर आफ्नो जीवनलाई विनासको बाटोतर्फ लगेको कथा बस्तुलाई निर्देशक अमृत सुनुवारले प्रस्तुत गरेका छन्। श्याम शिल्पकारको अभिनय रहेको भिडिओलाई माधब बेलबासेले सम्पादन गरेका हुन् भने  निर्देशक सुनुवारले नै खिचेका हुन्

‘जीवन त्यागी’ बोलको गीतमा स्वर्गीय अग्निराज ओझाको शब्द र संगित रहेको छ। गीतको भोकल र गिटारमा दिपक कुमार डंगोल, लिड गिटारमा रोजिन मिश्र, बेस गिटारमा निरन वृद्धाचार्य र ड्रम्समा अनिल बज्राचार्य छ्न्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर