spot_img
spot_img
spot_img
spot_img

‘चट्ट माया’मा उषा र दिपेशको ठुम्का

काठमाडौँ

गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘चट्ट माया’ बोलको गीतमा मिलन विष्टको शब्द रहेको छ। गीतको संगीत गायक रावलले नै तयार गरेका हुन्।

डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा उषा उप्रेती र दीपेशजंग रायमाझीको नृत्य देख्न सकिन्छ। भिडियोमा उषा र दीपेशको जोडी सुहाएको देखिन्छ।

शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। ‘शिव दर्शन फिल्मस्’को प्रस्तुतीमा बनेको भिडियोलाई गायत्री थापाले निर्माण गरेकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर