spot_img
spot_img
spot_img
spot_img

३० लागिन नीता

काठमाडौँ

नीता ढुंगाना अभिनयमा अब्बल एक अभिनेत्री हुन्। नीताको अभिनयको चर्चा जति हुन्छ त्यति नै सुन्दरताको पनि हुने गर्छ। त्यसैले नीता एक सुन्दरी अब्बल अभिनेत्री हुन् भन्दा फरक नपर्ला।

बाल कलाकार हुँदै फुल फेज अभिनेत्री सम्म हुँदा नीताले थुप्रै सफल सिनेमा दिसकेकी छिन्। ‘मितिनि’बाट बालकलाकारका रुपमा रजतपटमा डेब्यु गरेकी नीताले फुल फ्लेज हीरोइन भएर भने ‘चाडै आउ है’ नामक सिनेमाबाट डेब्यु गरेकी हुन्। उनले ‘नोटबूक, छ एकान छ, मसान, निर्भय, फुलै फुलको मौसम तिमिलाई, पंचायत’ लगायतका सिनेमा ४५ बढी सिनेमामा अभिनय गरिसकेकी छन्।

सय बढी म्युजिक भिडियोमा आफ्नो कला देखाइसकेकी नीता प्रेमका कारण पनि चर्चामा आउछिन्। यतिबेला उनको नाम युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग जोडिने गरेको छ। सिनेमा ‘पंचायत’बाट अन्तरास्ट्रिय र रास्ट्रीय गरेर भने थुप्रै अवार्ड हार पारेकी नीताले अरु पनि थुप्रै अवार्ड जितेकि छिन्। नीता अभिनयमा जति अब्बल छिन्। गीत पनि उस्तै राम्रो गाउछिन्। नीताले एक गणेश भजन समेत गाएकि छिन्।

जे होस्, नीता २९ पूरा भएर ३० बर्षमा प्रवेश गरेकी छिन्। हेटौंडामा जन्मिएकी नीता हाल काठमाडौँको बालकुमारी स्थित एक अपार्टमेन्टमा बस्छिन्। यतिबेला नीता नेपाली सिनेमा भन्दा पनि भोजपुरी सिनेमामा व्यस्त छिन्। नीताले हालै मात्र ‘माही’ नामक भोजपुरी सिनेमाको छायांकन सकाएकी छ्न्। उनै बहुप्रतिभाशाली नीतालाई रजतपट अनलाइनको तर्फबाट जन्मदिनको लाखौँ शुभकामना।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर