spot_img
spot_img
spot_img
spot_img

हल व्यवसायी भन्छन्-‘हाम्रो व्यवसायलाई सरकारले बुझेन’

काठमाडौँ

सरकारले सिनेमा हल खोल्ने अनुमति त दिएको छ। तर काठमाडौँ उपत्यकामा मात्र। यसो किन गर्यो सरकार नै जानोस। सरकारले काठमाडौँ उपत्यकामा सिनेमा हल खोल्ने भनेता पनि सिनेमा हल व्यवसायीहरुले त्यसको अवज्ञा गरेका छन्। देशभर खोल्ने निर्णय गरे मात्र सिनेमा हल खोल्ने हल व्यवसायीहरु बताउछन्।

हल व्यवसायी तथा निर्माता प्रदिप उदय भन्छन्-‘हाम्रो प्रकृतिको व्यवसाय कुनै एउटा जिल्लामा खोलेर चल्ने होइन। यो देशभरी नखुल्दासम्म यो व्यवसाय चलायमान हुँदैन भन्ने कुरा सरकारले बुझेन।’

यता निर्माता तथा हल व्यवसायी छविराज ओझाको भनाई पनि त्यस्तै छ-‘जब सम्म देशभरीका हलहरु खुल्दैनन् तब सम्म चलचित्र क्षेत्र चलायमान हुँदैन। सिनेमा हल रेस्टुरेन्ट व्यवसाय जस्तो होइन। निर्माताले चलचित्र रिलिज गर्दा नेपालभरि रिलिज गर्नुपर्छ। एक ठाउँना खोलेर केहि हुनेवाला छैन।’

पहिलो लाकडाउन पछाडी सरकारले देशभरका हल खोलेको थियो। तर, त्यसबेला जसले हल खोल्नुपर्छ भनेर दवाब दिएका थिए उनीहरुले नै हल खोलेनन्। केहिले भने हल खोले। त्यसमा पनि फ्रेस चलचित्र शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ मात्र लाग्यो। तर शिव श्रेष्ठको प्रेम कहानी हेर्न हलमा कोहि गएनन्।
त्यसपछि त झन् सबैको सातो उड्यो। सरकारले हल खोल्दिए पनि हलवालाले आफै भटाभटी बन्द गर्न थाले। किनकि कसैले फिल्म दिन मानेनन्। विकास बोर्डले हामि सहयोग गर्छौँ, पोस्टर पब्लिसितिको खर्च हामि व्यहोर्छौँ, भन्दा भन्दै पनि कुनै निर्मातालाई त्यो स्किमले केहि आर्कर्षण गरेन।

त्यसो त, नेपालमा कोरोनाको प्रभाव बढेयता गरिएको लकडाउन भन्दा अघि एक दर्जन भन्दा बढी चलचित्रहरु प्रदर्शनका लागि तमतयार भई बसेका थिए। कतिले त रिलिज डेट तोकेरै पब्लिसिटी गर्न समेत भ्याएका थिए। अहिले पनि उचित बातावरण बनेमा ति थन्केका चलचित्रहरु लाग्न सक्छन्। तर यहाँ उही ‘विरालोको घाटीमा घन्टी कसले बाध्ने?’ भन्ने मुसाहरुको मिटिङ जस्तै गफमा मात्रै सिमित छन् चलचित्रकर्मिहरु।

हल व्यवसायी र निर्माताहरुको माग एउटै छ, अब रिलिज गरिने फिल्मलाई २० लाख रुपैयाँ बराबरको सहयोग विकास बोर्डले गर्नुपर्ने। यता विकास बोर्ड पनि सकेको सहयोग गर्न तयार छ। तर, यतिबेला विकास बोर्डको ढुकुटि रित्तिएको छ।

हुन पनि हो निर्माताले केहि न केहि राहतको आस गर्नु स्वभाविकै हो। करिब दुइ बर्ष देखि हलहरु बन्द हुँदा अरबौं घाटा व्यहोर्नु परेको छ। अब फेरी हल खोल्दा नाफा भैहाल्ने भन्दा पनि झन् घाटा हुने हल व्यवसायी गोपाल कायस्थको भनाई छ। त्यसैले पनि हलवालाहरू हल खोल्न तयार छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर