spot_img
spot_img
spot_img
spot_img

रणवीर र दिपिकाले किने अलिबागमा २२ करोडको घर  

काठमाडौँ

बलिउड सेलेब्रीटिका लागि अलिबाग विकेन्ड, पार्टी र भ्रमणका लागि नयाँ हटस्पोट भएको छ। अलिबागमै शाहरुख खान, अनुष्का शर्मा र विराट कोहली, राहुल खन्नालगायतले पनि घर र फार्म हाउस खरिद गरेका थिए। यहि बर्ष मात्र वरुण धवनले पनि अलीबागमा आफ्नो विवाह गरेका थिए। यस्तैमा अभिनेता रणवीर सिंह र अभिनेत्री दिपिका पादुकोणले पनि अलिबागमा २२ करोडको नयाँ घर किनेका छन्।

भारतीय मिडियाका अनुसार दीपिका र रणवीरले बुधबार मात्र अलीबागमा घर किनेका हुन्। घर किन्ने क्रममा जब दिपिका र रणवीर रजिस्टारको कार्यलया पुगेका थिए त्यतिबेला फ्यानहरुले दुबैलाई घेरेका थिए।

यी दम्पतीले किनेको जग्गामा दुईवटा घर छन्।  घरको वरिपरी नरिवल र सुपाडीको बगैंचा समेत भएको भारतीय मिडियाले लेखेका छन्। दीपिका र रणवीरले यस घरलाई ‘होली–डे होम’को रुपमा प्रयोग गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर