spot_img
spot_img
spot_img
spot_img

राजनराज र बियोन्सेको ‘ल्यासी पाँउ’

काठमाडौँ

संगीतकार तथा गायक राजनराज शिवाकोटीले १२ बर्ष अगाडी सृजना गरेको गीत ‘फुलबुट्टे सारी’ यतिबेला चर्चाको शिखरमा छ। मार्मिक लामाको स्वरमा रहेको गीत १२ बर्ष पछी एकाएक चर्चामा आयो। अनि चर्चामा रहेको गीतका विभिन्न भर्सन निस्किए। फिमेल भर्सन, चाइल्ड भर्सन हुदै लिजेण्डरी भर्सनसम्म सार्वजनिक भैसकेका छन्। यसको मतलब राजनराज यतिबेला गीत संगसँगै चर्चामा छन्।

फुलबुट्टे सारीकै कभर भर्सन गाएर युगान्डाकी ‘बियोन्से’ पनि चर्चामा छिन्। नेपाल घुम्न आएको बेला ट्रेण्डीङ्ग गीत यहि भएकोले बियोन्सेले गाईन्। बियोन्सेको कभर गीतलाई ‘फुलबुट्टे सारी’ का अरु भर्सन नसुनेका सम्मले सुने अनि सुरु भयो ‘बियोन्से’ को चर्चा।

उनै बियोन्सेलाई लिएर राजनराज शिवाकोटीले नयाँ गीत सार्वजनिक गरेका छन्। ‘ल्यासी पाँउ’ बोलको गीतमा राजनराज शिवाकोटीसंँग बियोन्सेले आवाज भरेकी छिन्। मन्दिरा ढुंगेलले शब्द रचेको गीतलाई राजनले नै संगीत भरेका छन्। राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा राजन र बियोन्से नै फिचर रहेका छन् । उत्सव दाहालले खिचेको भिडियोमा विकास दाहालको सम्पादन छ।   भिडियो हेर्न यो लिंं क्लिक गर्नुहोस :-                    https://youtu.be/UTYEVIzKrDY

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर