spot_img
spot_img
spot_img
spot_img

एपिवान एचडीमा बेगम र रियासाको ‘गाह्रो छ हो’

काठमाडौँ

पछिल्लो समय युट्युबका लागि बन्ने सिरियलहरु च्याउसरी छन्। साना बजेट देखि ठुला बजेट सम्मका दर्जनौ सिरियल आउछन्। तर, केहि सिरियलले मात्र राम्रो भ्युज पाउछन्।

यस्तै, युट्युबकै लागि बनिरहेको सिरियल ‘गाह्रो छ हो’ भने हिट सिरियल मध्येको एक हो। यो सिरियलले युट्युबमा मिलियन बढि भ्युज पाउने गरेको छ। एउटा एपिसोडमै २ देखि ३ मिलियन भ्युज पाउने सिरियललाई कलाकार रियासा दाहाल र भटभटे उपनामले चिनिने बेगम नेपालीले निर्माण गरिरहेका हुन्।

जे होस्, ‘भटभटे एण्ड बिर्खे’ नामक च्यानलबाट प्रसारण भैरहेको यो चर्चित सिरियल अब देखि एपिवान एचडी टेलिभिजनमा पनि प्रसारण हुने भएको छ। हरेक सोमबार आठ बजे देखि साढे आठ सम्म एपिवानमा प्रसारण हुने ‘गाह्रो छ हो’ साढे आठ बजे भने उही ‘भटभटे एण्ड बिर्खे’ युट्युब च्यानलाबाट नै सार्वजनिक हुने बताइएको छ।

मनराज श्रेष्ठको निर्देशनमा तयार हुने सिरियलको कथा रियासा र बेगमले लेख्ने गरेका छन्। दिलिप बिस्टले खिच्ने सिरियलको सम्पादन रबिन्द्र खड्काले गर्ने गरेका छन्। एपिसोड ६४ बाट यो सिरियल एपिवानमा प्रसारण हुन रागेको बेगमले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img

धेरै पढिएको

अन्य खबर