spot_img
spot_img
spot_img
spot_img

आलोचकलाई करिश्माको प्रश्न : तिमी को हौ?

काठमाडौँ

अभिनेत्री करिश्मा मानन्धरको यतिबेला १२ कक्षाको परीक्षा चलिरहेको छ। यसै क्रममा अभिनेत्री मानन्धरले आफुलाई पुर्वप्रधानमन्त्री केपि शर्मा वलिले फोन गरेर परिक्षाको बारेमा सोधेको भन्दै स्टाटस लेखेपछी यतिबेला करिश्मा ट्रोलको सिकार बनेकी छिन्।

शुक्रबार स्टाटसमा करिश्माले लेखेकी छिन्-‘फोन आँउदा मेरो मोबाइल स्क्रिनमा केपी शर्मा वली भन्ने आयो। म छक्क परे। मजाक हो कि भन्ने पनि लग्यो। तर वहाँ हाम्रो देशको पुर्व प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँको आवाज सुन्दा घरको मुलिले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो।’

पुर्व प्रधानमन्त्रीले आफुलाई परिक्षाको बारेमा सोधेको भन्दै उनले ओलीसँगको कुराकानी आनो स्टाटसमा लेखेकी छिन्। कुराकानी यस्तो थियो :-
करिश्मा परिक्षा कस्तो भैरहेको छ?
हजुर ठिक छ सर !
तपाई के पि ओलि?
अह हो बिश्वस लागेन?
लागेन सर !                                                             

करिश्मा थप्छिन्-‘वहाँले सुनाएको ढुंगाको कथा सुनेर लाग्यो यो हाम्रो केपी जी हो भन्ने बुँझे। आधुनिकताको यो दौडमा सद्भाव र मायाको दुरी मेटाउन यत्रो ठुलो मान्छे भएर पनि सामान्य कलाकारलाई कल गरिदिनु भएकोमा धन्यवाद केपी बुवा!’                                                 

जे होस्, आफ्नो स्टाटस करिश्मा आफैलाई भारी परिरहेको छ। ‘फाेन त आएको हैन गएको देखिन्छ त’ भन्दै करिश्मालाई उडाइरहेका छन्।  यो कुरालाई कटाक्ष गर्दै करिश्माले अर्को स्टाटस पनि लेखेकी छिन्।  आफुले बुझेको र जानेको गर, अरुलाई दु:ख नदेउ भन्दै उनी लेख्छिन् -‘कसैलाई हासोको पात्र बनाउनु भन्दा पहिला सोच। तिमी को हौ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img

धेरै पढिएको

अन्य खबर