spot_img
spot_img
spot_img
spot_img

‘डाँडाको वर पिपल’को ‘काट्दिउला जुँगा जम्मै’ सार्वजनिक

काठमाडौँ

निर्देशक शोभित बस्नेतले निर्देशन गरिरहेको फिल्म ‘डाँडाको वरपीपल’मा समावेस ‘काट्दिउला जुँगा जम्मै’ बोलको गीत सार्वजनिक भएको छ। सोमबार राजधानिमा एक कार्यक्रमका बिच सार्वजनिक भएको दशै गीतमा शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसि, सलोन बस्नेत, रुबिना केसि फिचर्ड छन्। सलोन बस्नेतलाई भिडियोमा निकै फरक गेटअपमा देख्न सकिन्छ। जुँगाले र फरक ड्रेसअपले उनको लूक्सलाई फरक देखाएको हो। शिव र गौरी पनि बुढेसकालको लूक्समा छन्।

जे होस, गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्। दशैँमा ओटीटी र थिएटरमा एकसाथ रिलिज हुने फिल्मको गत भदौ ७ बाट छायांकन सुरु गरेको थियो। ६० दिनको सेड्युल रहेको फिल्मको चित्लाङमा छायांकन सकिएको छ भने काठमाडौँको सेड्युल बाँकी नै रहेको निर्माण टिमले बताएको छ।

फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीव जंग बस्नेत, अस्मिता जुरेली, प्रदिप गिरि, अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, पल ठकुरी, अस्मी थापा, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।

बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण भैरहेको फिल्ममा नवराज गिरीको लगानी रहेको छ। रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया र एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img

धेरै पढिएको

अन्य खबर