spot_img
spot_img
spot_img
spot_img

गर्भवती प्रीयंका र ऋचाको मित्रता

काठमाडौँ

केही अगाडी एकै हप्तामा तीन नायिकाहरु प्रेगनेन्ट भएको खबर बाहिरियो। प्रीयंका कार्की, ऋचा शर्मा र गरिमा पन्त; यी नायिकाहरु आमा बन्नेवाला छन्। गरिमा युरोपतिर छिन्। ऋचा र प्रीयंका नेपालमै छन्।

ऋचा र प्रीयंकाको दोस्ती पहिले देखि नै बलियो थियो। उनिहरु बेस्टफ्रेण्ड नै हुन्। अब त झन् प्रीयंका र ऋचाको दोस्तीमा नजिकपन बढेको जस्तो देखिन्छ। किनकी यतिबेला उनिहरु दुबैजना गर्भवती छन्। गर्भवती भएकै कारण उनिहरु दुईजनाले भेटघाट गरे। भेटेको बेला दुबैले आफ्नो युट्युबको लागि कन्टेन्ट बनाए। प्रेगनेन्सी टल्क अरे। भिडियोमा पनि उनिहरुको मित्रता गहिरो रहेको प्रष्ट हुन्छ। एकअर्काको पेट सुमसुमाएर निकै प्रफुल्ल हुन्छन्। आमा बन्नेभएपछी उनिहरु निकै खुसी छन्।
भिडियो हेर्न यो लिंक क्लिक गर्नुस:-

https://youtu.be/ffSpkLOkGMA                     https://youtu.be/gXZ9GfriT9o

नायिकाहरु एक अर्कासँग मिल्दैनन् भन्नेहरु धेरै भएर होला अचेल धेरै नायिकाहरु एक अर्कासँग मिलिरहेका हुन्छन्। सामाजिक संजालमा होस या इभेन्टहरुमा उनिहरुको मित्रता झल्किरहेकै हुन्छ। प्रीयंका र ऋचा पनि ती मिल्नेहरुमै पर्छन्। एउटै क्षेत्रमा काम गर्नेभएपछी नमिलेर त हुँदै भएन नि ! हैन त ?प्रीयंका र ऋचाको केही तस्बिर यस्तो छ:-

तस्बिर: प्रीयंकाको समाजिक संजाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर