spot_img
spot_img
spot_img
spot_img

महानायिका चै को ?

काठमाडौँ

यतिबेला चलचित्र क्षेत्रमा महानायिका विवाद बडो मज्जाले तातिएको छ। कुनै एक अमुख संस्थाले करिश्मा मानन्धरलाई महानायिकाको उपाधी दिए देखि नै विवाद सुरु भएको थियो। अहिले भने फिल्म स्टारहरुले नै यो पदवी गलत मानिसलाइ दिएको भन्दै धारणा पोखेपछी यो विवाद चर्किएको हो।

त्यसो त महानायिकाको विषयमा निर्देशक सोभित बस्नेत पहिले देखि नै बोल्दै आइरहेका छन्। सोभितले एक अन्तरवार्तामा अभिनेत्री रेखा थापा नै महानायिका हो अरु होइन भनेर भनेका थिए। एक्लैले फिल्म चलाउन सक्ने अभिनेत्री रेखा मात्र भएकोले रेखालाई नै महानायिका भन्नुपर्ने भन्दै सोभितले करिश्मा सदाबहार अभिनेत्री चै हो भन्ने धारणा राखेका थिए।

यता फेरि आइतबार एक कार्यक्रममा अभिनेताद्वय शिव श्रेष्ठ र भुवन केसिले एउटै स्वरमा अभिनेत्री गौरी मल्ललाई महानायिका भन्न भ्याए। तर, आफुलाई कुनै पनि पदवी नचाहिएको गौरीले सोही कार्यक्रममा बताएकी थिईन्।

तर भुवन भने गौरीलाई महानायिका भनेको कुरामा अडिक थिए। कार्यक्रममा बोल्दै उनले भनेका छन् – ‘म जे बोल्छु सत्य बोल्छु। गौरी मल्ल नेपाली फिल्मको रियल महानायिका र अभिनयको महारानी हो। अब आउने कति पीढि उहाँको अभिनयको तुलनामा आउन सक्दैन।’

यता शिवले पनि कार्यक्रमा बोल्दै भनेका छन्-‘गौरी मल्लबाट हामीले सिक्नुपर्छ। उहाँले हामीलाई फिल्मको सेटमा धेरै सिकाउनु भएको छ। म उहाँलाई महानायिका घोषित गर्छु। करिश्मा मानन्धर ड्रीम गर्ल हुन् तर असली महानायिका गौरी नै हुन्।’

यसरी दुई अभिनेताले गौरीलाई महानायिका भनेपछी यो विषय झन् तातिएको हो। यतिवेला सामाजिक संजालमा महानायिका चै को भन्ने सवालहरु छरपस्ट छन्। दर्शकको मत पनि करिश्माको पक्षमा छैन। दर्शकहरुको भनाई हरेकको फरक छ। जे होस, महानायिका चै को त ? भन्ने प्रश्नको जवाफ भने दर्शकले नै दिएको उत्तर ठिक होला। हैन त?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

अन्य खबर