spot_img
spot_img
spot_img
spot_img

‘मुम्बई क्रुज ड्रग्स छापा’मा शाहरुखका छोरा पक्राउ

काठमाडौँ

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान ‘मुम्बई क्रुज ड्रग्स छापा’मा मुछिएका छन्।

भारतीय मिडियाका अनुसार भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले एउटा पानी जहाजमा आकस्मिक छापा मार्ने क्रममा शाहरूख खान पुत्र आर्यन पनि पक्राउ परेका हुन्।

भारतीय सञ्चार माध्यमहरुमा प्रकाशित खबर अनुसार जहाजमा लागुपदार्थ प्रयोगको सूचना पाएपछि एनसिबीका क्षत्रीय प्रमुख वानखेडेसहितका पदाधिकारीले जहाजमा छापा मारेका थिए।

कारवाहीमा केहीलाई पक्राउ गरिएको छ भने आर्यनसँग एनसिबीले सोधपुछ गरिरहेको भारतीय मिडियाले लेखेको छ। छापा मारिएको जहाज तीन दिनको संगीत यात्राका लागि मुम्बईबाट गोवा प्रस्थान गरेको थियो। आर्यन विरुद्ध कुनै आरोपमा मुद्दा दर्ता गरिएको छैन।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img

धेरै पढिएको

अन्य खबर