spot_img
spot_img
spot_img
spot_img

मनोज गजुरेलले अधिकृत मन्जुसँग कसे लगनगाठो

काठमाडौँ

कमेडियन मनोज गजुरेल विवाह बन्धनमा बाधिएका छन्। नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गरेका हुन्। असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवकाे दर्शन गरेर परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गरेको गजुरेलले जानकारी गराएका छन्।

गजुरेलले आफ्नो फेसबूकमा स्टाटस लेख्दै परिवार र छोराछोरीको आग्रहमा आफुले विवाह गरेको बताएका छन्। मनोजको चार बर्षअघि मिना ढकालसँग डिभोर्स भएको थियो। मिना भने अहिले सिंगलनै छिन्।

मनोजले आफ्नो एक छोरा र छोरीको एकल अभिभावकत्त्व निर्वाह गरिरहेको पनि बताएका छन्। गजुरेलले मिडियाकर्मीलाई  काल्पनिक समाचार नलेखिदिन आग्रह समेत गरेका छन्।  ‘मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला’- उनले फेसबूकमा लेखेका छन्।

जे होस्, मनोजलाई रजतपट अनलाइनको तर्फबाट दोस्रो विवाहको हार्दिक शुभकामना।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img

धेरै पढिएको

अन्य खबर