spot_img
spot_img
spot_img
spot_img

आशिर्वादको गितमा आकाश र अन्जली

काठमाडौँ

गायक आशिर्वाद सुबेदिको नयाँ गित ‘रिसायौ कि’को भिडिओ सार्वजनिक भएको छ। क्यानाडा बस्दै आएका गायक सुवेदी केही समय आगाडि नेपाल आउँदा गाएको गितको भिडिओ भने यतिखेर रिलिज गरिएको हो। जसलाई संचारकर्मी समेत रहेका सचित खड्काले निर्देशन गरेका हुन्।

भिडिओमा पछिल्लो समयका चर्चित कलाकारहरु आकाश श्रेष्ठ र अन्जली अधिकारिले अभिनय गरेका छन्। अन्जली लोक दोहोरी गितमा मात्रै बढी सक्रिय थिइन् तर उनलाई निर्देशक खड्काले पप गितको भिडियोमा उतारेका छन्। यता आकाश भने पछिल्लो समयका अत्याधिक रुचाइयका पुरुष कलाकारमा पर्दछन्। आकाश र अन्जलीको जोडी भिडिओमा निकै सुहाएको देखिएको छ। यी दुइले सँगै काम गरेको यो दोस्रो भिडियो हो।

भिडियोमा विवाहित जोडीको माया प्रेमसँगै एक ब्रान्डलाई प्रमोट समेत गरिएको छ। कुइक बाइटस् नामक खाना डेलिभरी एपको प्रमोट भिडियोमा राम्रैसँग गरिएको छ। जे होस् , गित सुमधुर बनेको छ। गायकको गायकि राम्रो छ र भिडियो पनि राम्रो बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img

धेरै पढिएको

अन्य खबर