spot_img
spot_img
spot_img
spot_img

‘डाँडाको वर पिपल’ हेर्न किन गएनन् दर्शक ?

काठमाडौँ

अघिल्लो मंगलबार अर्थात फुलपातीको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘डाँडाको वर पिपल’ सुपर फ्लप भयो। मुसा र माकुराले राज गरिरहेको हलमा बल्ल बल्ल लागेको ‘डाँडाको वर पिपल’ले पोस्टरको पैसा पनि उठाउन सकेन।

दशैँमा लागेको फिल्म हेर्न दर्शकहरुको भिड हुने गर्थ्यो। तीन ओटा सम्म फिल्म लाग्थे। तर यसपाली लागेको एउटा फिल्म पनि हेर्न गएनन् दर्शक। अब दर्शकले नेपाली फिल्म हेर्ने वातावरण बन्न लामै समय लाग्ला जस्तो छ।

यता, एउटा समुहले भने डाँडाको वर पिपलको निर्देशक शोभित बस्नेतले राजेश हमाललाई महानायक नभनेको भएकाले फिल्म नचलेको भनिरहेका छन्। तर, वास्तविकता त्यो भन्दा फरक छ। फिल्मले दर्शकलाई बाध्न सक्दैन। सुरुको पन्ध्र मिनेटमै दर्शकलाई बोर लाग्न थाल्छ। छोटो समयमै फिल्म बनेर रिलिज भएकाले कत्ती दर्शकलाई फिल्म रिलिज हुँदैछ भन्ने पनि थाहा भएन। फिल्मको सबै कार्यक्रममा महानायक विवाद हाबी भयो। दर्शक त्यसमै भुलिए। यता फिल्म गोलखाडीमा गएको पत्तै भएन।

जे होस्, भुवन केसि, शिव श्रेस्ठ, गौरी मल्ल, सलोन बस्नेत जस्ता स्टारहरुले अभिनय गरेको फिल्मलाइ बुढासुब्बा डिजिटलले निर्माण गरेको हो। यो फिल्म टेलिभिजन र ओटिटी प्लेटफर्ममा पनि स्ट्रीमिङ हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img

धेरै पढिएको

अन्य खबर