spot_img
spot_img
spot_img
spot_img

चर्चा पल र समिक्षाको !

काठमाडौँ

पल शाह यस्तो मोडल हुन् जसले जो सँग म्युजिक भिडियोमा काम गर्यो तेही सँग नाम जोडिन्छ। नाम जोडिने मात्र होइन माया प्रेममा नै छन् भनेर चर्चा चल्छ।

करिअरको सुरुवातमा प्रकृति श्रेष्ठसँग नाम जोडिएको पलको पछि आएर आंचल शर्मासँग जोडियो। ‘आप’ जोडी भनेर उनीहरुलाई दर्शकले रुचाए पनि। उनीहरु गहिरो प्रेममा छन् भन्ने हल्ला पनि चल्यो। उनीहरुले प्रेममा रहेको कुरा अश्विकार गर्दा पनि दर्शक र मिडियाले मानेनन्। पछि आँचलले बिहे गरिन्। ‘आप’ जोडी छुट्टियो।

आंचल पछि पलको नाम उषा उप्रेती, गरिमा शर्मा, रियासा दाहाल, मल्लिका महतसँग पनि जोडियो। यतिबेला भने पलको नाम गायिका समिक्षा अधिकारीसँग जोडिएको छ। टिकटक देखि फेसबुक सम्म समिक्षा र पलको जोडीको चर्चा हुन्छ। समीक्षाले फेसबुकमा पलसँगको फोटोहरु राख्दा होस् या टिकटकमा भिडियो राख्दा ‘नाइस कपल’ भन्ने कमेन्ट आइनै हाल्छ।

जे होस्, मिडियामा पनि पल र समिक्षाको जोडीको चर्चा सुरु हुन थालेको छ। थुप्रै अनलाइन पोर्टलले उनीहरुको समाचार बनाइरहेका छन्। अब यो जोडी कहिले सम्म टिक्ने हो त्यो हेर्न मात्र बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img

धेरै पढिएको

अन्य खबर