spot_img
spot_img
spot_img
spot_img

म्युजिक भिडियोमा पहिलो पटक सम्भुजित बास्कोटाको आवाज

काठमाडौँ

लेजेन्ड्री गायक तथा संगितकार शम्भुजित बास्कोटाले पहिलो पटक म्युजिक भिडियोका लागि आवाज दिएका छन्। ‘पर्यो माया जालैमा’ बोलको गीतमा स्वर दिएर उनले म्युजिक भिडियो इन्डस्ट्रीमा गायकको रुपमा प्रवेश गरेका हुन्।

नेपाली चलचित्रका गीतहरुमा संगित दिने शम्भुजितले सयौं चलचित्रका लागि सयौं गीत गाएका छन्। उनले गाएका गीतमा राजेश हमाल, भुवन केसि देखि अन्य थुप्रै अभिनेताहरुले अभिनय गरेका छन्। त्यो गीतहरु अहिले पनि चर्चित छन्। उनको श्वर नसुन्ने सायदै होलान्।

शम्भुजितले म्युजिक भिडियोका लागि पहिलो पल्ट स्वर दिएको  गीतमा अभिनेता पुष्प खड्का र मोडल सुनिषा बजगाईँले अभिनय गरेका छन्। पुष्पले नै आफ्नो सामाजिक संजालमा लेख्दै शम्भुजितले म्युजिक भिडियोका लागि पहिलो पल्ट आवाज दिएको कुरा खुलाएका हुन्।

गीतमा शम्भुजितलाई मन्जु थापाले साथ दिएकी छन्। शम्भुजितकै संगित रहेको गीतमा नरेन्द्र वियोगिको एरेन्ज रहेको छ। सुरेन्द्र बसेलले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांकन र नवीन निरौलाको सम्पादन छ।

भिडियो हेर्नुस:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर