spot_img
spot_img
spot_img
spot_img

धम्पुसमा ‘सत्यम’को वर्कसप

काठमाडौँ, महानायक राजेश हमाल लगभग चार-पाँच वर्षपछि नेपाली चलचित्र क्षेत्रमा ‘सत्यम्’ नामक चलचित्रबाट कमब्याक गर्ने भएका छ्न् । उनको कमब्याक हमालका लागि निकै महत्त्वपूर्ण छ । किनकी महानायक विवाद जति चल्यो त्यतिमै हमालले दर्शकको साथ पाएका छन् । अब फिल्म आउदा दर्शक हल सम्म जान्छन् कि जादैनन् यो च्यालेन्ज छ हमाललाई ।

यो चलचित्रमा उनलाई एक्सन अवतारमा देख्न पाइने निर्माण टिमले बताउदै आएको छ । फिल्ममा उनीसँगै अहिलेका चल्तिका नायकहरु पल शाह र अनुप विक्रम शाही सँगै नायिका मल्लिका महतकोको पनि अभिनय रहनेछ । अनुप भने भिलेनको भूमिकामा फिल्ममा अनुवन्धित भएका हुन् ।

यो फिल्मको यतिबेला पर्यटकीय गन्तव्य पोखराको धम्पुसमा वर्कसप भैरहेको छ । सबै मुख्य कलाकारहरु पोखरामा वर्कसप गराउदैछन् भने सहायक कलाकारहरुलाई काठमाडौँमै गराइरहेको जानकारी छ ।

तिहारपछि छायांकन सुरु हुने फिल्मको इन्डोर छायांकनका लागि निर्माण टिमले ठूलो खर्चमा पोखरामा भव्य सेट निर्माण गरिरहेको छ । अभय बराल, प्रिन्स प्रसिद्द सिंह थापा, नेरिस्का स्थापित, सूजन परियार लगायतका कलाकारहरुको पनि अभिनय रहने फिल्मका निर्माता रेशम सापकोटा हुन् । अष्ट मान महर्जनको द्वन्द्व निर्देशन रहने यो फिल्ममा हमाल चार फरक लुक्समा देखिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img

धेरै पढिएको

अन्य खबर