spot_img
spot_img
spot_img
spot_img

‘शूर्यवंशी’ हेर्न दर्शकको भिड

काठमाडौँ

लगभग २ वर्ष पछि खुलेको सिनेमा हलमा बल्ल घुइचो लाग्न थालेको छ। तर घुइचो नेपाली सिनेमामा नभएर बलिउड सिनेमामा हो। हुन त सिनेमा हल केही अघि ५० प्रतिशत अकुपेन्सीमा खुलेको थियो। तर त्यतिबेला हलमा दर्शकको शंख्या शून्य रह्यो। एक महिनाअघिबाट फेरि हल खुल्यो, नेपाली सिनेमा रिलिज पनि भए तर दर्शक आएनन् ।

यतिबेला तिहारको माहोल छ। दर्शकहरु भ्याकेसन मुडमा छन्। अनि हलमा हिन्दी सिनेमा ‘शूर्यवंशी’। यति भएपछी के चाहियो। ‘शूर्यवंशी’ हेर्न हलमा दर्शकको यति भिड छ कि के भन्नू ! एउटा सिट पनि खाली हुँदैन। बुढाबुढी देखि बच्चा सम्मा सिनेमा हल पुगेका छन्। यतिबेला राम्रो नेपाली सिनेमा प्रदर्शनमा आएको भए दर्शक हलसम्म पुग्थे कि भन्ने लोभ नेपाली सिनेमाका निर्मातालाई लाग्न थालेको छ।

शुक्रबारबाट फुल अकुपेन्सिमा प्रदर्शन भैरहेको ‘शूर्यवंशी’ले राम्रो रिभ्यु पनि पाइरहेको छ। माउथ पब्लिसिटिकै कारण पनि सिनेमा लामो रेसको घोडा बन्न सक्ने अनुमान लाउन सकिन्छ। कुनै सोजमा पनि सिट खाली नभएको हलवालाहरुले जानकारी दिएका छन्।

जे होस्, हिन्दी सिनेमा हेर्न हलमा दर्शकको भिडभाड भएपछी नेपाली सिनेमाका निर्माताहरुले पनि आफ्नो सिनेमा रिलिज गर्ने चाजोपाजो मिलाउनुपर्ने देखिन्छ। ठुला बजेटका राम्रा सिनेमाहरु हलमा रिलिज भैदिए फेरि माहोल बन्ने सिनेकर्मिहरुको आशा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img

धेरै पढिएको

अन्य खबर