spot_img
spot_img
spot_img
spot_img

महानायकले गाएको गीतमा उनकै स्वर छुट्याउन हम्मे हम्मे

काठमाडौँ

महानायक राजेश हमाल गायक पनि बनेका छन्। उनले गाएको ‘मन बूढो भएन’ बोलको गीतमा राजेश हमाललाइ एलिना चौहान, बेनिशा पौडेल र सुबास पुरीले पनि स्वरमा साथ दिएका छन्।

महानायकले गाएको भनी प्रचार प्रसार गरि संचारकर्मिहरुको बाक्लो उपस्थिती गराइ लोकार्पण गरिएको ‘मन बूढो भएन’ बोलको गीतमा महानायकको स्वर छुट्ट्याउन हम्मे हम्मे नै पर्छ। किनकि महानायकको आवाजमा अर्का गायक सुबास पुरीको आवाज ओभरल्याप गरिएको छ। तर, राजेश हमाल र रेश्मा घिमिरेद्वारा अभिनित सोही गीतको भिडियोले भने केही हद सम्म लाज छोपिदिएको छ।

देवेन्द्र पाण्डेको निर्देशनमा बनेको मन बूढो भएनको लोकार्पण भएको दिन भिडियोकी मोडल रेश्मा घिमिरेको जन्मदिन परेकाले रेश्माका लागि जन्मदिनको केक समेत काटिएको थियो। जे होस, केक काटेर खाने खुवाउने काम भएपछी रेश्मा र राजेश हमालले संचारकर्मिलाई संबोधन समेत गरेका थिए। आफ्नो स्वरको संगितकारले तारिफ गरेको सुन्दा आफू छक्क परेको महानायकले बताएका थिए। यस्तै अभिनेत्री रेश्मा घिमिरेले भने महानायकसँग काम गर्न पाउद ज्यादै खुसी लागेको बताईन् ।

दिपक शर्माको शब्द संगित रहेको गीतमा नरेन्द्र वियोगिको एरेन्ज रहेको छ। गीतको शब्द संगितले भने आकर्षक छ। यता गीतको भिडियोलाई निर्देशक देवेन्द्रले नै कोरीयोग्राफी गरेका हुन् भने कोरीयोग्राफीमा देवेन्द्रलाई राजा रामले साथ दिएका छन्। भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img

धेरै पढिएको

अन्य खबर