spot_img
spot_img
spot_img
spot_img

निषेधाज्ञामा समाजसेवा: रेखाले बाँढिन् कुकुरलाई खाना

काठमाडौँ

अभिनेत्री रेखा थापाको पहिचान एउटा मात्र छैन। अभिनेत्रीसँगै उनी निर्माता, निर्देशक, राजनितीज्ञ र समाजसेवी पनि हुन्। यति धेरै पहिचान भएको नायिका सायद रेखा मात्रै होलिन्। रेखा समाजसेवामा बढी नै सक्रीय छिन्। भुकम्पका बेला सयौं लास जलाउन सहयोग गरेकि रेखाले बस्ती बसाउनेहरुलाई डोनेसन दिने देखि अन्य थुप्रै सामाजिक कार्य गरेकि छन्।

रेखाले छोरीको निम्ति स्वर्णिम नेपाल महा-अभियान समेत चलाईन्। फिल्म पनि समाजिक मुद्धामा नै निर्माण गर्ने गर्छिन्। यसबाट पनि रेखाको समाजसेवाको पाटो बलियो छ भन्ने कुरा प्रष्ट हुन्छ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै रेखाले सडकका कुकुरहरुलाई खाना खुवाएकी छन्। निषेधाज्ञामा सडकका जनावरहरु भोकै हुने भएकाले रेखाले स्नेहाज केयरसँगको सहकार्यमा सडकका कुकुर र परेवाहरुलाई खाना खुवाएकि हुन्।

खाना खुवाएको तस्बिरहरु फेसबूकमा पोस्ट गर्दै रेखा लेख्छिन् -‘यो संसार हामी सबैको साझा घर हो। मिलेर बाँच्न चाहने हो भने, धर्तिको कुनै प्राणी भोको बस्नु पर्दैनथ्यो। प्रकृतिका हरेक हिस्सालाई बराबर हक छ आफ्नो यो साझा घरमा। स्नेह र स्वार्थमा सायद यही भिन्नता छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img

धेरै पढिएको

अन्य खबर