काठमाडौँ

हाल अमेरिका मा रहेका समाजसेवी हेम थापाले हेम माया फाउन्डेसनको तर्फबाट आफ्नो छोरा सुशील थापा डाक्टर भएको उपलक्ष्यमा रजतपट कोसेली अभियानलाई एक लाख सहयोग गरेका छन्। अमेरिकामा आफ्नो व्यापार व्यवसाय गरेर बसेका हेमले दुःख पाएका कलाकर्मि हरु कालागी खाद्यान्न उपलब्ध गराउन रकम सहयोग गरेका हुन्।


उनी नेपालमा आपत विपत पर्दा सहयोग गरिरहन्छन्। थुप्रै मानिसलाई र संस्थाहरुलाई उनले सहयोग गरिसकेका छन्। अघिल्लो बर्ष टेलिभिजन कलाकर्मी मंचले टेलिभिजन कलाकर्मिलाई सहयोग गरेको अभियानमा उनले डेढसय बोरा चामल सहयोग गरेका थिए।

अब रजतपट कोसेली अभियानको दोस्रो चरणको कोसेली वितरण आउदो सोमबार हुनेछ।  पहिलो चरणको कोसेली वितरणको पहिलो दिन प्राविधिक र कलाकर्मिलाई, दोस्रो दिन वरिष्ठ कलाकार पवन मैनाली र केही अन्य कलाकर्मिलाई , तेस्रो दिन मातृनेपाल बालगृहका ४० जना बालबालिकालाई खाना खुवाइएको थियो भने चौथो दिन बसन्तपुरमा सर्वसाधारणलाई खाना खुवाउने अभियानमा हातेमालो गरिएको थियो।

अब सोमबार हुने दोश्रो चरणको अभियानमा टेलिभिजन कलाकर्मी, दृस्ठि बिहिन हरु, अन्य शारीरिक दुर्बलता भएका व्यक्तिहरु लगायत सर्वसाधारणलाई समेत कोसेली वितरण गरिने छ। यतिखेर कोहि समस्यामामा हुनुहुन्छ। चुलो बल्न सकिरहेको छैन भने त्यस्ता व्यक्ति वा समूहले रजतपटसँग सम्पर्क राख्न हुन पनि अनुरोध गरिएको छ। र यो अभियानसँग जोडिएका दाताहरु प्रती रजतपट टीमले आभार व्यक्त गर्दै धन्यवाद दिएको छ।                         

Facebook Comments Box