काठमाडौंँ

अभिनेता आमेश भण्डारीको पिताको निधन भएको छ। स्रोतले निधनको कारण अझै खुलाएको छैन। आइतबार आमेशका पिताको असामयिक निधन भएको हो। आइतबार नै उनको दाहसंस्कार समेत भैसकेको छ।

आमेशले फुलै फुलको संसार तिमिलाई र मेला नामक चलचित्रमा अभिनय गरेपछी आमेशको कुनै चलचित्रमा अभिनय गरेका छैनन्। आमेश गायक पनि हुन्। उनले केही गीतहरु बजारमा निकालेका छन् भने केही गीत निकाल्ने तयारीमा छन्। जे होस्, अभिनेता आमेश भण्डारीको बुवाको स्वर्गमा वास होस। आमेश र आमेशको परिवारलाई हार्दिक समवेदना।

Facebook Comments Box