काठमाडौँ

अभिनेत्री विपना थापाले अत्यन्त दुखमा परेमा कलाकर्मी का लागि भनेर ५० हजार रकम रजतपट टिमलाई हस्तान्तरण गरेकी छ्न्। रजतपट कोसेली अभियान अन्तर्गतको दोस्रो चरणमा बाढिने कोसेलीका लागि विपनाले रकम सहयोग गरेकी हुन्। दोस्रो चरणको कोसेली वितरण सोमबार बिहान शंखमुलमा हुनेछ। अत्यन्तै दुखमा परेका कलाकर्मिलाइ कोसेली वितरण गरिनेछ।

विवाह गरेपछि भारतको मथुरामा बस्दै आएकी विपनाले आफ्नै छर छिमेक वृन्दावनका वृद्धहरुलाई ‘हाम्रो स्वाभिमान नेपाल’ नामक संस्थासँगको सहकार्यमा खाद्यान्न वितरण गरि रहेकी छन । जे होस, भारतमै बसे पनी त्यहा पनि नेपालीहरुलाई नै सहयोग गरिरहेकै छिन् विपनाले ।

एक समय चर्चाको शिखरमा पुगेकी विपना नेपाली चलचित्र क्षेत्रबाट टाढा छिन्। तर नेपाली चलचित्र क्षेत्रलाई निकै माया गर्छिन्। केही अगाडि नेफ्टा अवार्डका लागि नेपाल आएकी विपनाले आफुलाई चलचित्र क्षेत्रले माया मारेको भन्दै आँसु खसाएकी थिईन्। लामो समयपछी प्राविधिक संघले सम्झिदा नेपाल आएकी विपनाले सयय र परिस्थिति मिलेमा चलचित्रको पर्दामा फर्किने रहर भएको बताएकी थिईन्। अब विपनालाई ठूलो पर्दामा देख्न पाइन्छ कि पाइदैन त्यो भने भविश्यले बताउला।

Facebook Comments Box