काठमाडौँ

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि श्रेष्ठलाई शुक्रबार राती गंगागाल अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

प्राप्त जानकारी अनुसार शनिबार उनको मुटुको एन्जियोप्लास्टी गरि दुईवटा स्टयाण्ड राखिएको छ। एन्जियोप्लास्टीपछि उनको स्वास्थ्यमा सुधार भएको छ।

आईतबार आइसीयूबाट डिलक्स रुपमा सारिएको र अहिले स्वास्थ्य अवस्था अलि ठिक भएको जानकारी छ। सोमबार डिस्चार्ज हुने सम्भावना प्रवल रहेको बताइएको छ।

Facebook Comments Box