काठमाडौँ

महानायक राजेश हमालको जन्म सायद चलचित्र क्षेत्रकै लागि भएको हुनुपर्छ। त्यसैले त यतिन्जेल सम्म राजेशको नाम सबैभन्दा माथी छ। राजेश पछिल्लो समय चलचित्रको पर्दामा नदेखिएको निकै भयो। तर, राजेशको नाम र उनको चर्चामा कहिले कमि आएन। यदि राजेशलाई कसैले नराम्रो भन्यो भने दर्शकहरुले नराम्रो भन्नेको निकै खराब हालत बनाईदिन्छ्न्। त्यसैले होला यहाँ राजेशको आलोचना कमै मात्र हुने गरेको छ।

सन १९६४ मा पाल्पामा जन्मिएका राजेशलाई नेपाली अमिताभ बच्चन पनि भन्ने गरिन्छ। आज राजेशको जन्मदिन। उनी ५६ पूरा भएर ५७ लागेका छन्। चुणा बहादुर हमाल र रेणु केसिको कोखबाट जन्मिएका राजेशले सुनसरीकी मधु भट्टराईसँग विवाह गरेको लामो समय भैसकेको छ। विवाह गरेको लामो समयसम्म पनि उनिहरुले सन्तान जन्माएका छैनन्। त्यसैले राजेशलाई बच्चा कहिले भन्ने प्रश्नले अहिले सम्म छाडेको छैन।

चलचित्र युग देखि युग सम्मबाट नेपाली रजतपटमा डेब्यु गरेका राजेशले कसम, देउता, एक नम्बरको पाखे, हामी तीन भाइ, अजम्बती नाता, मुखौटा लगायतका दुई सय चलचित्रमा अभिनय गरेका छन्। राजेशको टाउकोकै भरमा चलचित्रहरु सुपर हिट हुन्थे। त्यसैले उनलाई चलचित्रमा लिनको लागि लामै लाइन बस्नु पर्थ्यो। उनले केही टेलिभिजन कार्यक्रम समेत होस्ट गरेका छन्। राजेश राम्रो वक्ता पनि हुन्। उनै राजेशलाई रजतपट अनलाईनको तर्फवाट जन्मदिनको धेरै शुभकामना।

Facebook Comments Box