काठमाडौँ

रजतपट कोसेली अन्तर्गत दोस्रो चरणको कोसेली वितरण समापन भएको छ। दोस्रो चरणको कोसेली वितरणमा भक्तपुरमा बसोबास गर्ने १८ जना दृष्टिविहिनलाई घरमै चामल र एक महिनालाई पुग्ने अन्य खाद्यान्न पुर्याइएको छ।


यस्तै, काडाघारीमा अवस्थित ‘फ्युचर होप नेपाल’ नामक बालगृहमा १० बोरा चामल, चाउचाउ, दाल, मास्क, स्यानिटाइजर, साबुन, दाल लगायतका एक महिनालाई पुग्ने सम्पुर्ण समाग्री उपलब्ध गराइएको छ। यो बालगृह कलाकार रिता सिवाकोटीले संचालन गरिरहेकी छिन्। ‘कान्छी’ नामक सिरियलको ‘मुकुली’ नामले परिचित छिन् रिता। उनको बालगृहमा  २३ जना बालबालिका बस्दै आएका छन्।

          

दोस्रो चरणको कोसेली वितरणमा डान्सर, सिरियलका कलाकर, म्युजिक भिडियोका मोडल, प्राविधिक, जनयुद्धका घाइते र अन्य मानिसहरुलाई पनि कोसेली वितरण गरिएको छ। यो कोसेली प्याकेजमा पनि एक महिनालाई पुग्ने सम्पुर्ण खाद्यान्न समावेश गरिएको थियो। दोस्रो चरणको कोसेली वितरण २०० जनलाई गरिएको हो।  अब अर्को हप्ता तेस्रो चरणको रजतपट कोसेली वितरण  गरिनेछ।

Facebook Comments Box