काठमाडौँ

‘रजतपट कोसेली अभियान’लाई सहयोग गर्ने दाताहरु दिनानुदिन बढिरहेका छन्। टेलिभिजन, युट्युब र अनलाइन मार्फत रजतपट कोसेली अभियानको समाचार देखेपछि विदेशमा बसोबास गर्ने नेपाली चलचित्रकर्मी र अन्य अभियान्ताहरु यो अभियानमा जोडिन पुगेका छन्। यसै क्रममा पछिल्लो पटक जोडिन पुगेका छन् पृथ्वी राना मगर।

पृथ्वी राना पुराना चलचित्रकर्मी हुन् । उनि स-परिवार हंगकंगमा बस्छन्। पृथ्वीले हंगकंगबाटै रजतपट कोसेली अभियानका लागि पचास हजार रकम पठाएका छन्। परे नि माया जालैमा र हंगामा नामक चलचित्र निर्देशन गरेका पृथ्वीको हंगकंगमा आफ्नै रेस्टुरेण्ट व्यवसाय छ। उनि निर्माता पनि हुन्। उनले कठपुतली नामक चलचित्र निर्माण गरेका छन्। परि आएको खण्डमा उनि डिजे पनि बन्छन्।

पृथ्वीले निर्माण गरेको चलचित्र कठपुतलि रिलिज भएकै छैन। पृथ्वीले निर्देशन गरेका दुई चलचित्र भने रिलिज भैसकेका छन्। सिनेमा हल खुलेपछि चलचित्र रिलिज गरिने पृथ्वीले रजतपट अनलाइनलाई जानकारी दिए।

 

Facebook Comments Box