काठमाडौँ

२ वर्ष अघि भारतमा डिप्लोमा पढ्न गएकी २२ बर्षिय कलाकार निशा घिमिरे गाडी दुर्घटनामा परेर गम्भीर घाइते भएपछी उनको अवस्था नाजुक भएको छ।

केहि म्युजिक भिडियोमा अभिनय गरेकी निशा अहिले भैसीपाटीमा सानो टिनले बारेको घरमा बसिरहेकी छन्। उनको सरिरमा हड्डी र छाला मात्रै छ। बुझीए अनुसार उनको आर्थिक अवस्था पनि निकै कमजोर भएको छ।

निशालाई सहयोग जुटाउनका लागि सामाजिक संजालमा अभियानहरु चलिरहेको छ। केहि मानिसहरु उनलाई सहयोग गर्ने पनि पुगिसकेका छन्। निशालाई सहयोग गर्नका लागि उनका पिता राजु घिमिरेलाई ९८५१२३८९५२ नम्बरमा फोन गर्न सकिनेछ।

Facebook Comments Box