काठमाडौँ

इटहरी सुनसरकी अनिता लिम्बूले बेलायतमा चर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागिता जनाएर धेरैको मन जित्न सफल भएकी छिन् । उनको पुर्ख्यौली घर ताप्लेजुङ जिल्ला हो । तर उनि इटहरीको तरहरामा हुर्केकी हुन्। उनले सानै उमेरदेखि मोडलिङ र डान्सिङमा इन्ट्रेस्ट राख्ने गरेकी थिइन् ।                                                                                                              

नेपालमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययन सकेर त्यसपछिको अध्ययनकै शिलशिलामा यूके पुगेकी उनले बेलायतमा ब्यूटी थेरापी सम्बन्धी अध्ययन पूरा गरिसकेकी छिन् । बर्हिगमको एक फेशन शोबाट मोडलिङ शुरू गरेकी उनले अक्सफोर्ड फेशन विक र लण्डन फेशन शो मा पनि भाग लिइसकेकी छिन् । सोही शिलशिलामा उनी आई टिभी टू बाट प्रशारण हुने सिक्रेटक्रशमा भाग लिन पुगेकी हुन् ।

लण्डनमा बसेर मोडलिङलाई ‘प्यासन’का रुपमा अँगाल्दै आएकी अनिताले तीन बर्ष अघि लण्डनस्थित होस्टनमा आयोजित ‘फ्लेम इन्टरनेशनल आर्ट एण्ड फेसन फेस्टिवल–२०१८’मा विभिन्न चर्चित डिजाइनरहरूको क्रियशनमा स्टेजमा प्रस्तुत भएकी थिइन् । विभिन्न फेसन शो र इभेन्टहरूमा -याम्प वाक गर्दै आएकी अनिता लण्डनमा मोडलिङका लागि चर्चित छिन् । उनले दर्जनौँ फेसन शोहरू गरिसकेकी छन् । सन् २०१६ देखि उनी फेसन र मोडलिङमा सक्रिय छिन् ।

                                                                                                                                                                                    

 

                      

 

Facebook Comments Box