spot_img
spot_img
spot_img
spot_img

के.आर.के को पर्दाफास : पोजिटिभ रिभ्युको २५ लाख डिमाण्ड

काठमाडौँ

निर्माता तथा कलाकार रोहित चौधरीले के.आर.के ले फिल्मको पोजिटिभ रिभ्युको लागि २५ लाख माग्दै गरेको अडियो सार्वजनिक गरेपछी बलिउड तातिएको छ। रोहितले शुक्रबार साझ सार्वजनिक गरेको अडियोमा के.आर.के ले २५ लाख मागेको प्रष्ट सुन्न सकिन्छ।

रोहितले अडियो सार्वजनिक गर्दै के.आर.के इन्डियन फिल्म इन्डस्ट्रीको बिगेस्ट ब्ल्याकमेलर रहेको बताएका छन्। कल रेकर्डिङमा एक फिल्मका कलाकार तथा निर्माता रोहित चौधरीसँग २५ लाख रूपैयाँ मागेको सुन्न सकिन्छ। यद्यपि जब रोहितले उनीसँग वार्ता गर्ने प्रयास गरे, उनले ५ लाख घटाएर २० लाख रुपैयाँमा अन्तिम सहमती गरे।

रोहित भन्छन् -‘यदि कसैले के.आर.के लाई उक्त रकम तिर्न अस्वीकार गरे; उसले उनीहरूको फिल्मको नराम्रो समीक्षा गरिदिने र फिल्मका कलाकार र निर्देशकहरूको व्यक्तिगत टिप्पणी पनि गरिदिन्छ।’ के.आर.के बलिउडको खरो समिक्षकका रुपमा परिचीत छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर