spot_img
spot_img
spot_img
spot_img

बलिउडका दिग्गज कलाकार दीलिप कुमारको निधन

काठमाडौँ

बलिउडका दिग्गज कलाकार दीलिप कुमारको निधन भएको छ। ९८ वर्ष पुगेका दिलीपले बुधबार अन्तिम सास फेरेका थिए। लामो समयदेखि बिरामी रहेका दिलिपको मुम्बईको एक अस्पतालमा उपचारको क्रममा विहान ७ः३० बजे निधन भएको भारतीय मिडियाले जनाएको छ ।

बलिउडका ‘ट्रेजेडी किङ’ को रुपमा चिनिने उनको निधनमा पुरा बलिउड संगै पुरा भारत सोकमा डुबेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धीले समेत श्रद्धान्जली अर्पण गरेका छन् भने बलिउडका कलाकारहरुले श्रद्धाञ्जली अर्पण नगर्ने कुरै भएन।

फिल्म ‘ज्वार भाटा’ बाट बलिउडमा डेब्यु गरेका दिलिप कुमार सन् १९४७ मा रिलिज भएको फिल्म ‘जुगनू’ बाट चर्चित बनेका थिए। दर्जनौं चलचित्रमा अभिनय गरेका दिलिपलाई सन् १९९१ मा पद्मभूषणबाट सम्मानित गरेको थियो। त्यस्तै, सन् १९९५ मा उनलाई फिल्मको सर्वोच्च राष्ट्रिष्य सम्मान दादा साहब फाल्के अवार्ड पनि मिलेको थियो। २००० देखि २००६ सम्म उनी राज्यसभा सदस्य पनि बनेका थिए।
उनलाई पाकिस्तानले १९९८ मा सर्वश्रेष्ठ नागरिक सम्मान ‘निशान ए इम्तियाज’बाट पनि प्रदान गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर